काठमाडौं। गण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।