काठमाडौ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
विभागले दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।