सर्लाही। सर्लाहीको लालबन्दीमा रोकिराखेको एस्काभेटरमा आगोलागी भएको छ। लालबन्दी नगरपालिका–५, स्थित कालिन्जोर खोलामा बा ३ क २९८६ नम्वरको जेसिबीमा आगलागी भएको हो।
आगोलागी भएपछि जेसिबी जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक जेसिबी रोकेर खाना खान गएका बेला आगलागी भएको हो। जेसिबीमा भएको आगलागी हरिवन नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ।
जेसिबीमा अचानक आगलागी भएको भनिएको र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।