बाँके। बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो परेको चट्याङ लागेर राप्तीसोनारी ८ की एक महिलाको मृत्यु भएको हो।
राप्तीसोनारी ८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी ४० वर्षीया पुतला खत्रीको दिउँसो परेको चट्याङमा परी घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
उनीसँगै बाख्रा चराउन गएका अन्य दुई जना महिला सामान्य घाइते भएका छन्। चट्याङ लागेर अन्य तीन वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ।