काठमाडौं। एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले नेपालमा रहेको एमसीसीको कार्यालय घेराउ गर्ने भएको छ।
सोमबार मोर्चाले दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीसी नेपालको कार्यालय घेराउ गर्ने भएको हो।
मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीसीको कार्यालय घेराउ गर्ने कार्यक्रम छ। नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन्।
यता मंगलवारबाट शुरु हुने संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव लैजाने सरकारको तयारी रहेको बताइएको छ।