फाइल तस्बर
पश्चिम नवलपरासी। जिल्लाको बर्दघाट नगरपालिकामा सडक र सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बनाइएको संरचना भत्काइएको छ। सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले दिएको ७ दिनको समयमा पछि नहटाएपछि पालिका आफैंले हटाउन थालेको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट बजार क्षेत्रमा डिभिजन वन कार्यालयको जग्गामा बनाइएका २४ वटा टहरामा नगरपालिकाले डोजर लगाएको छ ।
बर्दघाटको त्रिवेणी चोक दक्षिणतर्फ बसपार्क क्षेत्रका होटल तथा खाजाघर रहेको अस्थायी घर टहरा हटाइएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचना हटाउने कार्यलाई अभियानकै रूपमा अघि बढाएको नगरपालिकाले जनाएको छ ।