काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सहितका प्रस्ताव पारित गर्न आगामी जेठ २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुने छ ।