काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार रसुवागढी हाइड्रोपावर कम्पनीको थप शेयर सूचीकृत भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीले २०७९ असार १३ देखि २०७९ साउन १० गतेसम्म रसुवाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो । उक्त शेयर २०७९ भदौ २८ गते बाँडफाँट भएको थियो ।