म्याग्दी। बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण गरिएको छ। रुपाताल संरक्षण परियोजनामार्फत ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण गरिएको हो ।
बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा पर्खाल निर्माण गरिएको छ।
पर्खाल निर्माण गर्नका लागि ९ करोड ५६ लाखमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो ।
कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको निर्माण कम्पनीले जनाएको छ।