काठमाडौं । आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीको विद्युत क्षमता साढे चार हजार मेगावाट पुर्याइने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा ९०० मोगावाट विद्युत थप गरि राष्टिय प्रणालीको विद्युत क्षमता ४ हजार पाँच सय मेगावाट पुर्याउने बताएका हुन्।
उनले प्रतिव्यक्ति विद्युुत खपट चार सय ५० यूनिट पुर्याउने बताए। त्यसैगरी आगामी आवदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत उत्पादन र वितरणमा नीजि क्षेत्रसँग सहकार्य गर्ने गरी कानुनी प्रबन्ध मिलाउने समेत बताए।
जलाशययुक्त जलविद्युत आयोजना बाँध र विद्युतगृह छुट्टाछुट्टै प्रवन्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गरिने समेत मन्त्री पुनले बताए।
सुख्खायामको मागलाई पूर्ती गर्न १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मगावाट क्षमताको दूधकोसी र ४१७ मेगावाट क्षमताको नलसिंहगाढ जलाशय जलविद्युत आयोजना र २८० मेगावाट क्षमताको नौमुरे बहुमुखी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने बजेट भाषणमा मन्त्री पुनले बताए।