काठमाडौं। सरकारले खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।
साथै, उनले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।