काठमाडौं। निर्माणाधिन काठमाडौंको मुलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका योजनाका रुपमा अगाडि बढाइने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै यी दुई रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडी बढाउने बताएका हुन्।
भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण गरिने, कीर्तिपुर त्रिवि क्रिकेट मैदानको स्तरोन्नती र धनगढीको फाप्ला क्रिकेट रंगशालाको निर्माण तीब्रता दिने समेत अर्थमन्त्री पुनले बताए।
खेल पूर्वाधान निर्माणका लागि कुल एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ।