काठमाडौं। आगामी आर्थिक वर्षमा काठमाडौंभित्रका ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ।
मंगलबार संघिय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै काठमाडौंभित्रका ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइटजडान गर्ने बताएका हुन्।
त्यसैगरी सरकारले सडक मर्मतमा ६ अर्ब ५४ करोड बजेट छुट्याइएको छ । पृथ्वी राजमार्गमा ‘पड–वे’ अध्ययन र लगानी ढाँचा तय गरी निर्माण थाल्ने सरकारको योजना छ ।