काठमाडौं। बुद्धभूमि हाईड्रोपावरले बोलायो साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले जेठ ३० गते विहान १० बजे कम्पनीको कार्यालय, पानीपोखरी, काठमाडौंमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव यस अघि गरेकोमा विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मात्र स्वीकृति दिएको हो ।
कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।