काठमाडौं। बनेपा नगरपालिकालाई १५ शय्याको अस्पताल निर्माण गर्न सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
बैठकले त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिवि विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ।