काठमाडौं। त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न समिति गठन गरिने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
त्यसैगरी मन्त्रिपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिवि विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।