काठमाडौं। प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकास गर्नका लागि व्यवस्थित पूर्वाधार संरचना आवश्यक रहेको बताएका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नामस्थित एकता युवा क्लबको नवनिर्मित खेलमैदान, बास्केटबलको फाईबर बोर्ड, प्याराफिट र स्टेज उद्घाटन गर्दै सांसद गर्बुजाले यस्तो बताएका हुन्।
उनले भने, ‘‘खेलकुद क्षेत्रको विकासका लागि व्यवस्थित गुणस्तरीय पूर्वाधार संरचना आवश्यक पर्छ। खेलकुद क्षेत्रको समग्र विकासका लागि सक्दो प्रयास गर्नेछु।’’