काठमाडौं। पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारितका लागि असार ३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको छ।
जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय टोखा, काठमाडौंमा बिहान १० बजेदेखि ३ बजेसम्म सभा गर्ने निर्णय गरेको हो ।