काठमाडौं। गण्डकी प्रदेशको पोखरामा श्रमाधान रोजगार मेला हुँदैछ। पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुने भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा मेला हुन लागेको हो।
रोजगारदाता र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट गराउने तथा रोजगारी सृजनाको वातावरण उपलब्ध गराउने उदेश्यसहित गएको १७ गतेदेखि विराटनगरबाट श्रमाधान रोजगार मेला शुरू भएको हो। सातै प्रदेशमा दुई, दुई दिन हुने मेला यसअघि विराटनगर र जनकपुरमा भइसकेको छ।