काठमाडौं। प्रतिनिधि सभा सांसद तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले विकासमा जनसहभागिता आवश्यक रहेको बताएका छन् । बागलुङको बडिगाड गाउँपालिकास्थित खड्ग जयन्ती माविले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हाम्रो जस्तो विकासशील राज्यका लागि हरेक प्रकारका विकास निर्माणमा व्यापक रूपले जनसहभागिता आवश्यक हुन्छ,’ उनले भने । बागलुङका हरेक विकास निर्माणमा आफ्नो प्रत्यक्ष सहभागीता रहेको बताए ।