काठमाडौं। ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित तालिम मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेर सकिएको हो।
ग्रामीण भेगका युवाहरूलाई रोजगारमूलक सिप विकास गर्नका लागि तालिम सञ्चालन गरेको चौधरी फाउन्डेसनले जनाएको छ ।
त्यसैगरी चौधरी फाउन्डेसनले इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ ।
लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको उक्त तालिम कर्णाली र मधेस प्रदेशमा चाँडै सुरु हुने फाउन्डेसनले जनाएको छ। यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरूलाई इलेकट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।