काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाको बुधबारको बैठकमा तीन वटा विधेयक पेस गरेका छन्।
अर्थमन्त्री पुनले भन्सार महसुल विधेयक, २०८१’, ‘विनियोजन विधेयक, २०८१ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ बैठकमा पेस गरेका हुन्।
सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो।
िप्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ।