काठमाडौं। आज अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा रहेको छ।
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।