काठमाडौं। अन्नपूर्ण केबलकारमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट हुने भएको छ। पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौतापत्रमा अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।