काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा संघिय सांसद सदस्य गगनकुमार थापाले आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नभएको बताएका हुन्।
विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो ?भन्दै थापाले उल्टै प्रतिपश्न गरेका छन्।
बजारमा मागको कमी भएको र आर्थिक अवस्था सङ्कटमा रहेको उल्लेख गर्दै सांसद थापाले यसले आर्थिक वृद्धिमा चुनौती थपिने बताए ।
पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको महामन्त्री थापाको भनाइ छ । खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।