काठमाडौं। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागती र गण्डकी प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।