काठमाडौं। सरकारले भारत, अमेरिका, बेलायत लगायत ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको उक्त निर्णय गरेको हो।
भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, पर्चुगल, स्पेन, डेनमार्क र इसराइलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ।