काठमाडौं। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा युवा व्यवसायी नरेन्द्र भण्डारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिमेन्ट उद्योगको अध्यक्षमा हेटौँडाका युवा व्यवसायी नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएपछि उक्त पद रिक्त थियो।
उद्योगको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि २०८१ वैशाख ३१ गते आव्हान गरिएको सार्वजनिक सूचनाअनुसार स्वीकृत उम्मेदवारमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८ अनुसार उद्योगको अध्यक्ष पदमा नियुक्तिका लागि मन्त्रालयमा सिफारिस गर्न गठित सिफारिस समितिको सिफारिसको आधारमा नियुक्ती गरिएको हो ।
२०८१ जेठ १३ को निर्णयानुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवार भण्डारीलाई सिफारिस गरेको थियो । उद्योगको अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा थिए।