काठमाडौं । दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा विभागले छापा मारेकाे हाे।
छापा मार्दा विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको छ । क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको छ ।
अनुसन्धानका लागी क्यासिनोको सेफ र लकर पनि विभागले नियन्त्रणमा लिएको छ ।