सुनसरी। सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयमा निमार्ण गरिएको भवनको उद्घाटन गरिएको छ। बुधबार जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता , रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २ करोड ६३ लाख आर्थिक सहयोगमा विद्यालय भवन निर्माण भएको हो।
त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड ५ लाख आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालय भवनको पनि उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।