काठमाडौं। सुन्दरता र सजावटका लागि राखिने रङ्गीचङ्गी बत्ती हटाउन सम्बन्धित निकायहरुलाई सुझाव दिइएको छ। ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन सुझाव दिएको हो।
कार्यदलले काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै बत्ति हटाउने शिफारिसका विषयमा जानकारी गराएको छ।
गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।