काठमाडौं। फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ। फेवा डुंगा व्यवसायी संगठनले संगठनको ३० औं स्थापना दिवसका अवसरमा डुंगा दौड प्रतियोगिता एवं एक दिने उत्सव आयोजना गर्न लागेको हो।
प्रतियोगिता जेठ ३१ गते हुने छ। डुंगा दौड प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने छ। महिला र पुरूषको छुट्टाछुट्टै टिम रहने समेत संगठनले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनु पर्नेछ भने काठकै डुंगा मात्र प्रयोग गर्नु पाइने छ। यस्तै प्रति टिम ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडी र पर्यटकले पनि भाग लिन पाउने छन्।
मेला र प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ।