काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले विद्युत सेवा अवरुद्ध हुने भएको हो।
प्राधिकरणले एक सूचना जारी गर्दै आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने बताएको हो।
यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा फरक फरक दिन बिहान ११ बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।