काठमाडौं। युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन्। कम्पनी अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको थियो।
लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९र०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने तथा अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ।