काठमाडौं। चिरख्वा हाइड्रोपाव लिमिटेडले असार २३ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ ।