म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको साम्तुङ–सोता सिँचाइ आयोजनाको नहर पक्की बनाउन सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत नहर पक्की बनाउने कार्य भइरहेको हो।
विसं २०३८ मा निर्माण भएको कच्ची नहर पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की बनाइएको छ।
चार किलोमिटर कुलोमध्ये गत वर्ष पाँच सय ७० मिटर र चालु आर्थिक वर्षमा पाँच सय ६५ मिटर पक्की नहर निर्माण भएको बताइएको छ।
साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९(८० र २०८०÷८१ का लागि रु २०–२० लाख बजेट विनियोजन गरेको थियो । मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको स्थानीयले जानकारी दिए।