काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडको ५औं वार्षिक साधारण सभा आगामी असारमा हुने भएको छ। कम्पनीको गत जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गने साधारणसभा गर्ने निर्णय गरेको हो।
साधारणसभा क्वालिटी बैंक्चेट, बुद्धनगरमा बिहान ११ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने र आव लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल हुने जनाएको छ । साथै सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरूको निर्वाचन सम्बन्धीबारे छलफल हुने छ जानकारी दिएको छ।
कम्पनीको ठेगाना परिवर्तन सम्बन्धमा विशेष छलफल गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि निर्णय गरेको छ ।