काठमाडौं। प्रभु बैंक लिमिटेडले बैतडीको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौंमा शाखा विस्तार गरेको छ। प्रभु बैंकले बैतडीको देहीमाण्डौंमा आफ्नो ३०३ औं शाखा विस्तार गरेको हो।
बैंकको देहीमाण्डौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।