काठमाडौं। सौर्य विद्युत् उत्पादनका लागि आवेदन दिने म्याद २१ दिन थप गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले बुधबार सूचना प्रकाशित गरी तेस्रो पटक म्याद थप गरेको हो।
८०० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि प्राधिकरणले दोस्रो पटक थपेको १ महिनाको म्याद असार ४ गते सकिँदै छ। तेस्रो पटक म्याद थप भएसँगै अब असार २५ गते दिनको २ बजेसम्म बोलपत्र आवेदन दिन सकिने छ ।
प्राधिकरणले सुरुमा २०८०, चैत २१ गते ४५ दिनको समय तोकेर देशभरका आफ्ना नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी ८०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न इच्छुक विकासकर्ताबाट प्रस्ताव मागेको थियो ।