काठमाडौं। सडक विभाग महानिर्देशकको जिम्मेवारी रामहरी पोखरेलले पाएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशकमा सुशीलबाबु ढकाललाई हटाएर पोखरेललाई नियुक्त गरेका हुन्।
विभागका उपमहानिर्देशक पोखरेल यसअघि योजना तथा अनुगमन महाशाखाका प्रमुख थिए। ढकाललाई भने मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाइएको छ।
यसैगरी रेल विभागमा हुलाकी राजमार्गका आयोजना प्रमुख अजय कुमार मुललाई जिम्मेवारी दिइएको छ।