उदयपुर। उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खोँचस्थित डुम्रीबोटे क्षेत्रमा रहेको कोशी नदीमा ठुला ढुङ्गा राखेर कटान रोकथामको काम गरिएको छ। कोशीको पानीभित्र पाँच मिटर चौडाइ र तीन मिटर उचाइका ठुला ठुला ढुङ्गा खसालेर करिब ५० लाख रुपियाँको लागतमा १२७ मिटर बाँध बनाइएको हो ।
क्षेत्रमा जलस्रोत तथा सिँचाइ विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिगबोल्डर स्लोप निर्माण गरिएको हो।
जमिनभन्दा माथि दुई मिटर उचाइ हुने र टपमा पाँच मिटर चौडाइ रहने गरी स्थानीय उपभोक्ता समितिमार्फत निर्माणको काम गरिएको छ।
स्थायी प्रकृतिको तटबाँध नहुँदासम्म यो वर्ष पनि बाढीको उच्च जोखिम कायमै रहेकाले करिब पाँच सय घरपरिवार पुनः विस्थापित हुन सक्ने भन्दै दुई सय किलोग्रामभन्दा बढी तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्न सक्ने खालको बाँध बनाइएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण थापाले बताए।
दुई वर्षपहिले पनि सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको सो लाहुरे खोँचस्थित डुम्रीबोटे क्षेत्रमा जलस्रोत तथा सिँचाइ विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिगबोल्डर स्लोप निर्माण अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको काम गरिएकोमा थियो।