सुर्खेत। कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको वार्षिक बजेट तथा कार्यक्रममा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको देखिएको हो।
सरकारले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा करिब ३५ करोडले वृद्धि गरेको छ।
प्रदेश सभामा पेस गरिएको बजेटमा भौतिक मन्त्रालयका लागि १० अर्ब ४६ करोड रकम विनियोजन गरिएको छ । चालु आव २०८०/८१ का लागि सरकारले १० अर्ब ११ करोड विनियोजन गरेको थियो । पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको सरकारले सोही अनुसार बजेटसँगै योजना र कार्यक्रमसमेत वृद्धि गरेको हो ।
मन्त्रालयले चालु वर्षमा ९० वटा योजना कार्यान्वयन गरिरहेको छ । स्रोत सुनिश्चितता भएका, बहुवर्षीय योजनामा रहेका र ठेक्का व्यवस्थापन भएका आयोजना कार्यान्वयनमा छन् ।