काठमाडौं। सांसदहरुले भौतिक पूर्वाधारमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित बजेट विनियोजन गरेर विभेद गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले भौतिक पूर्वाधारमन्त्रीले एकलौटी ढङ्गले आफ्नो क्षेत्रमा केन्द्रित बजेट विनियोजन गरी विभेद गरेको आरोप लगाएका हुन्।
सांसद ऐनबहादुर शाही ठकुरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले सडक पूर्वाधारले नछोएको जिल्लामा समेत बजेट विनियोजन नगरेर विभेद गरेको आरोप लगाए ।
सांसद बद्रीप्रसाद पाण्डेले दुर्गम र पछाडि परेका क्षेत्रलाई बजेटले सम्बोधन नगरेकाले देशलाई समृद्धिको बाटोमा लैजान बजेट सक्षम नहुने बताए ।
सांसद तेजुलाल चौधरीले मधेस प्रदेशका जिल्लामा बजेट विनियोजनमा विभेद भएको तथा मधेस,
सांसद प्रभु हजाराले मधेस प्रदेशमा तुलनात्मक रूपमा बजेट बढी विनियोजन भएको जिकिर गरे । उनले बजेट जनताको पक्षमा रहेपनि यसलाई सन्तुलित र वस्तुनिष्ठ बनाउन जरुरी भएको बताए ।
सांसद पूर्णबहादुर तामाङले समयमै विकास बजेट कहाँ–कहाँ लाने भनेर छलफल गरेको भए आज बजेटको किताब च्यात्ने र किताब बुझाउने परिस्थिति नहुने बताए। उनले भौतिक पूर्वाधारमन्त्रीले आफ्नो जिल्लामा बजेट केन्द्रित गरेको आरोप लगाए।