फाइल तस्बिर
पर्सा। पर्साका ४ सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरिएको छ। पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको हो।
नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भारको काम जारी रहेको तेह्र नम्बर गणका गणपति राधेश्याम धिमालले बताए।
पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको काम भइसकेको र बाँकी दुई सीमास्तम्भको पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउने प्रहरीले जनाएको छ।