काठमाडौं। मेलम्ची खानेपानी आयोजनालाई एशियाली विकास बैंक (एडीवी) ले २ अर्ब अनुदान दिने भएको छ। एडिबीले मेलम्ची आयोजनाको हेडबक्स निर्माणका लागि २ अर्ब बढी (१९.७५ मिलियन अमेरिकी डलर) अनुदान दिने भएको हो।
सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले अनुदान दिन लागेको हो।
बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको छ।
२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ ।