पर्सा। विशेष अदालत काठमाडौंले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।
अदालतले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैदसमेत निर्धारण गरेको छ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको छ। मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ।
अधिकृत मिश्रलाई ८ वर्ष, बोगटीलाई ८ वर्ष, ढुङ्गानालाई ४ वर्ष, अर्याललाई २ वर्ष र तिवारीलाई ८ वर्ष कैदको सजाय सुनाइएको छ।
भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निधन भइसकेको छ।