काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल मध्यपहाडी लोकमार्गको काम कुक्तानी समस्याले रोकिएको नभएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले प्रचण्डले पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण कार्य भुक्तानीका कारण नभइ केही खण्डमा रेखाङ्कन विवादले अगाडि बढ्न नसकेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग भएको जानकारी दिए । यो विषयमा समन्वय भइरहेको समेत जानकारी दिए।