तनहुँ। १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम सकिन लागेको छ। तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन आयोजनाको बाँधका लागि जग खन्ने कार्य अन्तिम चरणमा पुगेको हो।
मनसुन अगावे सम्पन्न गर्ने गरी आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माण केही दिनमै सम्पन्न हुने तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ।
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर बाँध निर्माण थालिएको थियो ।