काठमाडौं। नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन अनुमति दिन थालेको छ। बोर्डले शुक्रबार हिमालय ऊर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो ।
कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । पुसयता हकप्रद निष्कासनको कार्य रोकिएको थियो ।
कुनै कैफियत नभएका थप सेयर निष्कासनको लागि प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमिक रुपमा अघि बढाउने निर्णय भएको बोर्डले जनाएको छ।
प्राथमिक सेयर निष्कासन (आईपीओ)को कार्य भने तत्काल अघि नबढ्ने भएको छ ।