सिरहा। सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वा ब्यारेक नजिक स्थानीय सत्यदेव यादवले वनको जग्गामा बनाएको घर भत्काइएको छ।
डिभिजन वन कार्यालय लहानले वन अतिक्रमण गरी बनाइएको यादवको चार कोठे घर भत्काएको हो।
निर्माणाधीन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार घर भत्काएको डिभिजनल वन कार्यालय लाहानले जनाएको छ।